Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

एउटै इसेवा एपबाट व्यक्तिगत र व्यावसायिक खाता व्यवस्थापन गर्न सकिने

एउटै इसेवा एपबाट व्यक्तिगत र व्यावसायिक खाता व्यवस्थापन गर्न सकिने


  • 379
    Shares

    • images
    एउटै इसेवा एपबाट व्यक्तिगत र व्यावसायिक खाता व्यवस्थापन गर्न सकिने
    images

    काठमाडौं । नेपालकै पहिलो र अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडले व्यवसायी, व्यापारी तथा उद्यमशील व्यक्तिहरूलाई लक्षित गर्दै नयाँ सुविधा ‘इसेवा बिजनेस लिंक’ सार्वजनिक गरेको छ।

    यस सुविधा अन्तर्गत अब प्रयोगकर्ताले व्यक्तिगत र व्यावसायिक दुवै खाताहरू एउटै इसेवा एपमार्फत सजिलै व्यवस्थापन गर्न सक्नेछन्। यसमा स्विफ्ट अकाउन्ट स्विच फिचरसमेत समावेश गरिएको छ, जसले खाता स्विच गर्ने प्रक्रियालाई सहज बनाएको इसेवाले जानकारी दिएको छ । 

    इसेवाले यो नयाँ सेवा व्यवसायी र व्यापारीहरूको वित्तीय कारोबारलाई अझ सरल र व्यवस्थित बनाउन उद्देश्य राखेको सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। आधुनिक समयमा धेरैवटा वित्तीय खाता व्यवस्थापन गर्नुपर्ने चुनौतीलाई सम्बोधन गर्दै यो सुविधा एकै एपमार्फत सबै कारोबारको सहज व्यवस्थापन सुनिश्चित गर्ने प्रयास भएको कम्पनीले जानकारी दिएको छ । 

    नयाँ प्रणालीले विभिन्न खातामा बारम्बार लगइन गर्ने वा फरक-फरक एप प्रयोग गर्नुपर्ने झन्झट अन्त्य गर्नेछ। यसमार्फत तत्काल खाता स्विच, सहज नगद व्यवस्थापन, बिना शुल्क तत्काल विड्रल जस्ता सेवाहरू उपलब्ध हुनेछन्। साथै, दैनिक कारोबारको हिसाब–किताब राख्न सहयोग पुग्ने र बिजनेस क्युआर भुक्तानी प्रक्रियालाई अझ सरल बनाउने कम्पनीको दाबी रहेको छ।

    इसेवा बिजनेस लिंक सुविधा डिजिटल भुक्तानी क्षेत्रमा नयाँ आयाम स्थापित गर्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ । 

    प्रकाशित मिति :भाद्र ९ २०८२ सोमवार - १३:४९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij