Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

४ म्युचुअल फण्डको इकाई मूल्य समायोजन, कुनको मूल्य कति ?

४ म्युचुअल फण्डको इकाई मूल्य समायोजन, कुनको मूल्य कति ?


  • 1.2K
    Shares

    ४ म्युचुअल फण्डको इकाई मूल्य समायोजन, कुनको मूल्य कति ?
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ४ वटा म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन गरेको छ।

    नेप्सेले कुमारी धनवृद्धि योजनाको १०.५० प्रतिशत, कुमारी इक्विटी फण्डको ११.५० प्रतिशत, आरबिबि म्युचुअल फण्ड १ को २० प्रतिशत र आरबिबि म्युचुअल फण्डको १३ प्रतिशत नगद लाभांश बापत मूल्य समायोजन भएको छ । 

    मूल्य समायोजनपछि कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ९.०५ रुपैयाँ, कुमारी इक्विटी फण्डको इकाई मूल्य ८.९१ रुपैयाँ, आरबिबि म्युचुअल फण्ड १ को इकाई मूल्य ९.३१ रुपैयाँ र आरबिबि म्युचुअल फण्ड २ को इकाई मूल्य ८.९४ रुपैयाँ कायम भएको छ।

    नेप्सेले हिजो कारोबार समयपछि कायम भएको अन्तिम मूल्यलाई आधार मानेर यी म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन गरेको हो।

    हिजो कारोबार समयपछि कुमारी धनवृद्धि योजनाको १०.१० रुपैयाँ, कुमारी इक्विटी फण्डको १०.०६ रुपैयाँ, आरबिबि म्युचुअल फण्ड १ को ११.३१ रुपैयाँ र आरबिबि म्युचुअल फण्ड २ को १०.२४ रुपैयाँ अन्तिम मूल्य थियो। आज सोमबार दोस्रो बजारमा यी म्युचुअल फण्डहरूको समायोजित मूल्यबाट कारोबार खुल्नेछ।

    प्रकाशित मिति :भाद्र ९ २०८२ सोमवार - १२:०५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij