Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

शेयर बजारमा हरियाली, घट्यो कारोबार रकम

शेयर बजारमा हरियाली, घट्यो कारोबार रकम


  • 1.1K
    Shares

    शेयर बजारमा हरियाली, घट्यो कारोबार रकम

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलवार शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ६.५१ अंकले बढेर २,७७६ को विन्दुमा कायम भएको छ । 

    आज १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१६ कम्पनीको १ करोड ३१ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड माथिको शेयर कारोबार भएको छ । 

    हिमालयन डिष्टिलरीको २८ करोड ३७ लाखको शेयर कारोबार भएको छ भने राधि विद्युत कम्पनीको २० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै सान्भी इनर्जीका लगानीकर्ताले  ६.९८ प्रतिशतका दरले कमाएका छन्  भने पियोर इनर्जीका लगानीकर्ताले ६.०९ प्रतिशतका दरले कमाएका छन् । 

    सबै समूहका सूचक बढेको छ , यद्यपि वृद्धिदर सबैको १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.४०, विकास बैंक ०.२०, फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.०५, हाइड्रोपावर ०.१६, लगानी ०.२१, जीवन बीमा ०.२५, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.१२, निर्जीवन बीमा ०.११, अन्य ०.०९ तथा व्यापार समूह ०.१८ प्रतिशत बढेको छ ।

    3 share.JPG

     

     

    images
    प्रकाशित मिति :भाद्र ३ २०८२ मंगलवार - १५:४०:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij