Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

भृकुटीमण्डपमा नाडा अटो शो २०२५ सुरु, प्रधानमन्त्री केपी शर्मा ओलीले गरे उद्घाटन

भृकुटीमण्डपमा नाडा अटो शो २०२५ सुरु, प्रधानमन्त्री केपी शर्मा ओलीले गरे उद्घाटन


  • 1.5K
    Shares

    भृकुटीमण्डपमा नाडा अटो शो २०२५ सुरु, प्रधानमन्त्री केपी शर्मा ओलीले गरे उद्घाटन

    काठमाडौं । नाडा अटो शो-२०२५ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शोको उद्घाटन गरेका छन् । मंगलबार काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा नाडा अटो शोको यो वर्षको संस्करण सुरु भएको हो ।

    यस कार्यक्रममा एशोसिएसनका अध्यक्ष करण चौधरीले यो अटो शोले कुल अटोमोबाइल्स व्यापारको ४० प्रतिशत हिस्सा ओगट्ने भन्दै यो एउटा प्रदर्शनी मात्रै नभएर व्यापारिक केन्द्र भएको बताए । 

    अध्यक्ष चौधरीले अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै अहिले यो क्षेत्रले नेपालमा १० लाख रोजगारी सिर्जना गरेको र ३ हजार व्यवसायीलाई एकीकृत गरेको दाबी गरे ।  

    नाडा यस्तो संस्था हो जसले ९० प्रतिशत अटोमोबाइल्स सेक्टरको प्रतिनिधित्व गर्छ, अध्यक्ष चौधरीले भने, हामी सीप र रोजगार दुवै सिर्जना गर्छौँ । अध्यक्ष चौधरीले सरकारले ल्याएको बजेट पछिल्लो १० वर्षमा नदेखेको बजेट भएको भन्दै अर्थमन्त्रीको प्रशंसा गरे । 

    उनले आउँदो मौद्रिक नीतिको समीक्षाले अटोमोबाइल क्षेत्रका लागि थप सकारात्मक व्यवस्थाहरू आउनेमा आशावादी रहेको बताए । साथै, सरकारले ल्याउन लागेको नयाँ यातायात मापदण्डले पनि व्यवसायीलाई उत्साहित बनाएको उनको भनाइ छ ।

    यस पटकको नाडा अटो शोमा पहिलोपटक ह्युमनोइड रोबोट र उड्ने कार पनि प्रदर्शनीमा राखिएको छ, जसले अवलोकनकर्तामाझ नयाँ आकर्षण थपेको छ ।

    उनले भने, नेपालमा सवारीसाधन एसेम्बल गर्नु जरुरी भए तापनि पार्टपुर्जा नेपालमै उत्पादन हुनु अझ महत्त्वपूर्ण हुनेमा दिए । पार्टपुर्जा नेपालमै उत्पादन भयो भने त्योभन्दा ठुलो केही हुने छैन । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको यो प्रदर्शनी ६ दिनसम्म चल्नेछ ।

    nada1.JPGnada2.JPGnada3.JPG

    images
    प्रकाशित मिति :भाद्र ३ २०८२ मंगलवार - १२:५९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij