Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

एमाले स्थायी कमिटी बैठक बस्दै, माधव नेपाल पक्षलाई कारबाही होला त ?

एमाले स्थायी कमिटी बैठक बस्दै, माधव नेपाल पक्षलाई कारबाही होला त ?


  • 5.7K
    Shares

    एमाले स्थायी कमिटी बैठक बस्दै, माधव नेपाल पक्षलाई कारबाही  होला त ?

    काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

    बैठक बिहान १० बजेका लागि बोलाइएको एक नेताले जानकारी दिए । बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको रणनीतिलगायत विषयमा छलफल हुने बताइएको छ ।

    राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाल पक्षले कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गर्ने निर्णय गरेको सन्दर्भमा एमाले अध्यक्षसमेत रहेका ओलीले आकस्मिक रुपमा बैठक बोलाएका हुन्।

    कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह र जनता समाजवादी पार्टीले राष्ट्रियसभाको उपनिर्वाचनमा गठबन्धन गर्ने निर्णय बुधबार मात्र गरेका छन्। उनीहरुले एमालेको नेपाल खेमाका नेता डा.खिमलाल देवकोटालाई उम्मेदबार बनाउने निर्णय गरेका छन्। बाग्मती प्रदेशको अन्य समूहतर्फ रिक्त भएको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ।

    प्रकाशित मिति :बैशाख २३ २०७८ बिहिवार - ०९:५७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij