Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेप्सेमा ९.१६ अंकको वृद्धि, ६ अर्ब १७ करोड माथिको कारोबार

नेप्सेमा ९.१६ अंकको वृद्धि, ६ अर्ब १७ करोड माथिको कारोबार


  • 330
    Shares

    नेप्सेमा ९.१६ अंकको वृद्धि,  ६ अर्ब १७ करोड माथिको कारोबार

     काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ९.१६ अंकले बढेर २,७७० को विन्दुमा कायम भएको छ । 

    आज १७५ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२० कम्पनीको १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १७ करोड माथिको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको  २१ कबरोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको २० करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    आज अन्य शीर्षकको इन्डेक्स १७.२७ अंक र म्युचुअल फन्ड ०.०९ अंक घटेको छ । यी बाहेकका सबै समूह बढेको छे । आज सबैभन्दा धेरै व्यापार समूह १.६१ प्रतिशत बढेको छ । यस्तै, जलविद्युत समूह पनि १.०७ प्रतिशत वृद्धि भएको छ ।

    2 share.JPG

    प्रकाशित मिति :भाद्र २ २०८२ सोमवार - १५:३७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij