२०८२ माघ १४ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगनकुमार थापाले कोरोना भाइरस संक्रमणको महामारीका बेला स्वास्थ्य जनशक्ति व्यवस्थापनबारे प्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सुझाव दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सांसद थापाले स्वास्थ्यकर्मीका लागि सुरक्षा र प्रोत्साहनको प्याकेज बनाउन सरकारसँग आग्रह गरेका छन् ।
थापाले ट्विटरमा लेखेका छन्, ‘स्वास्थ्य प्रणाली भनेको भौतिक पूर्वाधार र शय्या मात्रै होइन, जनशक्ति सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । यो राष्ट्रिय विपदमा जोखिम मोलेरै पनि काम गर्न योग्यता र अनुभव भएको स्वास्थ्य जनशक्ति तयार छ । त्यसका लागि तत्काल देहाय बमोजिमको व्यवस्था गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयलाई विनम्र आग्रह गर्दछु ।’

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij