२०८२ माघ १४ गते बुधवार
लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएका छन् ।
नेकपा (एमाले)को तर्फबाट दाङको निर्वाचन क्षेत्र नम्बर–२ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित डाँगीले पदबाट राजीनामा दिएको प्रदेशसभा सचिवालयले पुष्टि गरेको छ ।
बुधबार प्रदेशसभा सचिवालयमा आएर उनले राजीनामा बुझाएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले प्रदेशसभा सदस्य डाँगीले राजीनामा बुझाएको र सभामुखको निर्देशनानुसार प्रक्रिया अगाडि बढाएको जानकारी दिए । “उहाँले संविधानको धारा १८० को (क) अनुसार राजीनामा दिनुभएको छ ।
डाँगीले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेको मंगलबार नै सार्वजनिक भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij