Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल सुपर लिगमा आज पोखरा थन्डर्स र धनगढी एफसी भिड्दै

नेपाल सुपर लिगमा आज पोखरा थन्डर्स र धनगढी एफसी भिड्दै


  • 11.7K
    Shares

    नेपाल सुपर लिगमा आज पोखरा थन्डर्स र धनगढी एफसी भिड्दै

    काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)मा आज (बुधबार) पोखरा थन्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदै छ । दशरथ रगंशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

    आजको खेलमा दुवै टोली जित निकाल्दै शीर्ष स्थानमा उक्लने दाउमा छन् । ४ खेलमा २ मा जित, १ मा हार र १ खेलमा बराबरी गरेको धनगढी ७ अंकमा दोस्रो स्थानमा छ ।

    समान खेलबाट १ मा जित, २ खेलमा बराबरी र १ खेलमा हार भोगेको पोखरा भने ५ अंकमा दोस्रो स्थानमा छ । लिगको चौथो चरणको खेल सकिदा ७ अंकमा विराटनगर सिटी एफसी शीर्ष स्थानमा छ ।

    त्यति नै अंक भएको काठमाडौं रेजर्स फुटबल क्लव तेस्रो स्थानमा छ । बुटवल लुम्बिनी एफसी ५ अंकमा चौथो ३ अंक भएको ललितपुर सिटी एफसी छैटौं र २ अंक भएको चितवन एफसी सातौ स्थानमा छ ।

    नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा जारी लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी सहभागी छन् ।

    सात फ्रेन्चाइज सहरका टोली समावेश लिगको विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन् । विधागततर्फका उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन् ।

    प्रकाशित मिति :बैशाख २२ २०७८ बुधवार - १३:४५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij