Logo

२०८२ फाल्गुण ४ गते सोमवार

२०८२ फाल्गुण ४ गते सोमवार

ऐरीको अर्धशतक, नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

ऐरीको अर्धशतक, नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य


  • 309
    Shares

    ऐरीको अर्धशतक, नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

    काठमाडौं । आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा वेस्ट अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अर्धशतकमा नेपालले वेस्ट इन्डिजले १३४ रनको सामान्य लक्ष्य दिएको छ । 

    मुम्बईको वाङ्खडे रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको हो । 

    ऐरीले ४७ बलमा ५८ रन जोड्न ३ चौका र ३ छक्का प्रहार गरे । ३ ओभरको पहिलो बलमा दोस्रो विकेट गुमेपछि क्रिजमा आएका ऐरीले खेलको अन्तिमसम्म टिकेर इनिङ उकासे । नेपालबाट सर्वाधिक रन जोड्ने उनी नै हुन् । नेपालका सुरुवाती क्रममा ब्याटरहरु चल्न नसक्दा वेस्ट इन्डिजले सामान्य लक्ष्य पाएको हो । 

    ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख सस्तैमा आउट भए । भुर्तेलले १ र आसिफले ११ रन मात्रै जोडे । पहिलो विकेट गुमेपछि क्रिजमा आएका कप्तान रोहित पौडेल ५ रन जोडेर आउट भए । 

    खेल ६ ओभरको तेस्रो बलमा पुग्दा नेपालले आरिफ शेखलाई गुमायो । आरिफले ८ बल खर्चेर २ रन जोडे  । यसबेला नेपाल ४ विकेटको क्षतिमा २३ रनको कमजोर अवस्थामा थियो । लोकस बम पनि आजको खेलमा चल्न सकेनन् । उनले १५ बल सामान गर्दा १३ रन जोडे । गुल्सनलले ११ रन मात्रै जोडे । 

    सोमपालले भने इनिङ उकास्न ऐरीलाई साथ दिए । उनले अविजीत २६ रन जोडे । उनले ४ चौका प्रहार गरे ।  दीपेन्द्र र सोमपालको साझेदारीले नेपालको इनिङ केही हदसम्म उकासियो ।

    बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डर नेपालका ब्याटरका लागि घातक साबित भए । चार विकेट लिएका उनले आसिफ, आरिफ, ऐरी र करण केसीलाई आउट गराए । अकिल होसेनले भुर्तेलललाई आउट गराए । म्याथ्यू फोर्ड कप्तान पौडेल, शमर जोसेफले लोकेश बम र रोस्टन चेसले गुल्सन झाको विकेट लिए ।

    वेस्ट इन्डिजका जोसेफ टिमका खर्चिला बलर बने । चार ओभर बल फ्याँक्दा उनले ३८ रन दिए । फोर्ड भने किफयाती देखिए । चार ओभर बलिङ गर्दा एक मेडनसहित उनले १० रन मात्रै दिए ।

    प्रकाशित मिति :फाल्गुण ३ २०८२ आइतवार - १३:२५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij