Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

चितवनमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि


  • 5.9K
    Shares

    चितवनमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि

    चितवन । चितवनमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

    भरतपुर अस्पतालमा २२४ नमुना परीक्षण गर्दा जिल्लाका १०१ जना र बाहिरी जिल्लाका २९ जना गरी १३० जनामा संक्रमण देखिएको भरतपुर कोभिड प्रयोगशालाले जनाएको छ ।

    थपिएका संक्रमतिमध्ये अधिकांश भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिकाका ४६ पुरुष र ४२ महिला गरी ८८ जना, रत्ननगर नगरपालिकाका ८ जना, खैरहनीका २, कालिका नगरपालिकाका १ तथा माडी नगरपालिकाका २ जना छन् ।

    बाँकी २९ जना संक्रमित नवलपुर, गोरखा, नुवाकोट, पर्वत, काठमाडौं र बाराका हुन् । चितवनमा करिब १५ सय जना सक्रिय संक्रमित छन् ।

    प्रकाशित मिति :बैशाख २२ २०७८ बुधवार - १३:३७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij