२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २.६२ अंकले बढेर २,७८८ को विन्दुमा कायम भएको छ ।
आज १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२० कम्पनीको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर ४७ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एनआरएनको ४१ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज बैंकिङ्ग समूह, फाइनान्स, हाइड्रोपावर, निर्जीवन बीमा र म्युचुअल फन्डमा गिरावट आएको छ । तर, यी बाहेकका अन्य इन्डेक्स भने बढेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij