२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । आइपीओ नतिजा भने केही समयपछि मात्रै हेर्न सकिने बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीको आइपीओमा मागभन्दा धेरै आवेदन परेकाले आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको छ । कम्पनीको आइपीओमा २२ लाख ९६ हजार ४६५ वटा आवेदन परेको थियो । जसमध्येमा २२ लाख ८३ हजार २२६ आवेदन सदर भएको हो भने १३ हजार २३९ जनाको आवेदन बदर भएको छ ।
कम्पनीको आइपीओमा आवेदन गर्ने दुई लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने सोमध्येमा भाग्यमानी ५ जनाले थप एक कित्ताका दरले ११ कित्ता शेयर प्राप्त गरेका छन् ।
सिडिएसले आइपीओ नतिजा हेर्ने तयार पारेको बेवसाइट: https://iporesult.cdsc.com.np/ सिडिएसको बेवसाइट: https://meroshare.cdsc.com.np/#/login
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij