२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । गायिका विष्णु माझीको तिज गीत सार्वजनिक भएको छ । बुधबार ‘म त नराउरी’ बोलको गीत सार्वजनिक भएको हो ।
तिम्रै छोरो राम्रो म त नराम्रो भन्दै व्यंग्य गर्दै सुरु हुने गीतमा छोरीमाथि हुने विभेदको कथा छ । विष्णु माझीको स्वर रहेको गीतमा सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ ।
घरका सम्पूर्ण काम महिलाले गर्नैपर्ने पितृसत्तात्मक सोचको खिलाफमा रहेको गीतले छोरीलाई अझै पनि दोस्रो दर्जामा राख्ने गरिएको विषय उल्लेख छ ।
बच्चै हुँदादेखि बुहारीको भूमिका निर्वाह गर्दाको सकस र पीडाबारे मनोवैज्ञानिक रूपमा तयार पारिने गरेको यथार्थ गीतमा समावेश छ । महिलालाई चुलोचौकामै सीमित गर्ने सोच रहेको समाजले हरेक दोषको भागिदार बुहारी हुनुपर्ने अवस्था रहेको यथार्थ गीतमा समावेश छ ।
गीतले जन्मघरबाटै सुरु हुने विभेद श्रीमानको घरसम्म भोग्नुपर्ने बताएको छ । घरमा भोग्ने दुःखबाट जिन्दगी बाँचे अर्को वर्ष भेट होला भन्ने अपेक्षा गीतमा छ ।
भिडियोमा ललिता पौडेलको अभिनय छ । सम्भु चालिसेको सिनेमेटोग्राफी रहेको भिडियो सम्पादन प्रवीण भट्टले गरेका छन् । मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियो निर्देशन सुन्दरमणि अधिकारीले गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij