Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

सीके राउत र मधेश आन्दोलन विरुद्धका थप ६ मुद्दा फिर्ता

सीके राउत र मधेश आन्दोलन विरुद्धका थप ६ मुद्दा फिर्ता


  • 5.0K
    Shares

    सीके राउत र मधेश आन्दोलन विरुद्धका थप ६ मुद्दा फिर्ता

    काठमाडौं । मधेश आन्दोलनका क्रममा लागेका मुद्दामध्ये थप ३ मुद्दा नेपाल सरकारले फिर्ता लिएको छ ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालले उठाउँदै आएका मुद्दा फिर्ताको मागमध्ये थप ३ मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीले फिर्ता लिएको छ । 

    जनमत पार्टीका संयोजक डा. चन्द्रकान्त (सीके) राउत विरुद्धका समेत राज्य विप्लवका ३ मुद्दा फिर्ता गरिएका छन् । 

    कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले मुद्दा फिर्ता लिइएको पुष्टि गरे । मन्त्री श्रेष्ठका अनुसार वैशाख १९ गते आइतवार बसेको मन्त्रिपरिषद् बैठकबाट मुद्दाहरू फिर्ता लिने निर्णय गरिएको छ ।

    ‘फिर्ता लिनुपर्ने भनेर जसपाले बुझाएका २५ मुद्दामध्ये ४ मुद्दामा यसअघि नै अदालतबाट फैसला भई सजाय काटिसकिएको अवस्था छ, १२० जना प्रतिवादी रहेका १५ मुद्दा यसअघिको मन्त्रिपरिषद् बैठकबाट फिर्ता लिइएको थियो,’ मन्त्री श्रेष्ठले भने, ‘त्यसबाहेक थप ३ मुद्दा फिर्ता भएका छन् र अब जसपाका कूल ३ मुद्दा मात्र बाँकी छन् ।’

    मधेश आन्दोलनका क्रममा महोत्तरी जिल्लामा गाडी जलाएको, रक्सी पसल लुटपाट तथा तोडफोड गरेको गरी ३ मुद्दा आइतवार फिर्ता लिइएको उनले बताए । महोत्तरीका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको शरीर अपहरण गरी बन्धक बनाई हत्या गरेको ज्यान मुद्दा फिर्ता नभएको उनले खुलाए ।

    सुरक्षाकर्मीको हत्या भएको मुद्दा अलि सेन्सेटिभ मुद्दा भएका कारण अहिले फिर्ता हुन नसकेको तथा अध्ययन भइरहेको समेत उनले बताए ।

    स्वतन्त्र मधेश गठबन्धनका संयोजकको हैसियतमा छुट्टै मधेश देश बनाउने अभियान चलाएका सीके राउत विरुद्धका राज्य विप्लवका ३ मुद्दा समेत आइतवारको मन्त्रिपरिषद् बैठकबाट फिर्ता लिइएको उनले बताए । ‘कुन–कुन ठाउँको मुद्दा तथा कति जना प्रतिवादी रहेका मुद्दा फिर्ता भए त्यसको संख्या यकिन गर्न फाइल नै हेर्नुपर्छ,’ मन्त्री श्रेष्ठले भने, ‘तर ३ मुद्दा फिर्ता भएका छन् ।’

     

    प्रकाशित मिति :बैशाख २२ २०७८ बुधवार - १२:०४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij