२०८२ भाद्र १६ गते सोमवार
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।
घिमिरेले मंगलबार बिहान ११ बजे प्रमुख सचेतकहरूको बैठक बोलाएका उनका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिएका छन् ।
बैठकमा मंगलबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीबारे छलफल हुने भएको छ । त्यस्तै गत जेठ १३ गतेदेखि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय विशेष छानबिन समिति वा न्यायिक छानबिन आयोग बनाउनुपर्ने माग गर्दै प्रतिनिधिसभा बहिस्कार गरिरहेको विषयमा पनि छलफल हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij