Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

दरमखोला हाइड्रो इनर्जीको आईपीओ यही साता बाँडफाँड हुने

दरमखोला हाइड्रो इनर्जीको आईपीओ यही साता बाँडफाँड हुने


  • 1.7K
    Shares

    • images
    दरमखोला हाइड्रो इनर्जीको आईपीओ यही साता बाँडफाँड हुने

    काठमाडौं ।  दरमखोला हाइड्रो इनर्जीको आईपीओ यहि साता भित्र बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले यही साता भित्रमा आईपीओ बाँडफाँड हुने गरी तयारी गरेको हो ।

    कम्पनीको आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले १०.१० कित्ताका दरले शेसेयर हात पार्नेछन् । जसमा सोहि मध्यका ५ जनाले भने थप १ कित्ता गरी ११ कित्ता सेयर हात पार्नेछन् ।

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

    पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता आईपीओ निष्कासन तथा बाँडफाँड गरिसकेको छ ।

    बाँकी सेरमध्ये १ लाख ४५ हजार ९७५ कित्ता आईपीओ सामूहिक लगानी कोषलाई र ५८ हजार ३९० कित्ता आईपीओ कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरी बाँकी २४ लाख २३ हजार १८५ कित्ता आईपीओ आम सर्वसाधारणमा निष्कासन गरेको छ । 

     

    प्रकाशित मिति :श्रावण २५ २०८२ आइतवार - १४:५९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij