Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

आज दुबै सदनका सांसदहरुको पीसीआर परीक्षण हुँदै

आज दुबै सदनका सांसदहरुको पीसीआर परीक्षण हुँदै


  • 4.2K
    Shares

    आज दुबै सदनका सांसदहरुको पीसीआर परीक्षण हुँदै

    काठमाडौं । आज राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुख सहित दुबै सदनका सम्पूर्ण सांसद, कर्मचारी, मर्यादापालक लगायतको पीसिआर परीक्षण गरिँदैछ । 

    यही बैशाख २७ गतेका दिन प्रधानमन्त्रीले विश्वासको मत लिन राष्ट्रपतिले प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाएको पूर्वसन्ध्यामा संघीय संसदमा उपस्थित हुने सम्पूर्ण पक्षको कोरोना परीक्षण गर्न लागिएको हो ।

    अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा आज र भोली बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पीसिआर परिक्षण गर्न लागिएको संघीय संसद सचिवालयले जनाएको छ । 

    यतिबेला सरकारका ३ मन्त्री खानेपानी मन्त्री मणि थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी र पर्यटनमन्त्री भानुभक्त ढकाल कोरोना संक्रमण भएर उपचारका क्रममा  छन् ।

    प्रकाशित मिति :बैशाख २२ २०७८ बुधवार - १०:४४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij