२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सेयर कारोबारको रकम ठगेको आरोपमा सेयर ब्रोकर जयन्त श्रीवास्तव पक्राउ परेका छन् ।
११ करोड ठगी गरेको उजुरी परेपछि बुधबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले बताए । उनी सिप्रबी सेक्युरिजिका महाप्रबन्धक हुन् ।
श्रीवास्तवले सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ भुक्तानी नदिएको भन्दै काठमाडौं प्रहरीमा जाहेरी परेको छ । प्रहरी स्रोतका अनुसार मिता मुरारका अग्रवाल र ज्योती अग्रवालले आफूहरूले पाउनुपर्ने ११ करोड नपाएको भन्दै श्रीवास्तव विरुद्ध ठगीको उजुरी गरेका हुन् ।
सो विषय अर्का सेयर कारोबारी दीपेन्द्र अग्रवालसँग पनि सम्बन्धित रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij