२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । आइहब प्रा.लि., सेग्वे-नाइनबोटको नेपालका अधिकृत वितरकले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सेग्वेका चार नयाँ मोडेल सार्वजनिक गर्ने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म आयोजना हुने एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहने छ ।
कम्पनीका अनुसार, यस पटक नेपाली बजारका लागि ल्याउन लागिएका मोडेलहरूमा दुई ई–स्कूटर (‘ई१५० एमके२’ र ‘ई१२५ एमके२’), एक ई-बाइक (‘जाइबर’) र एक ई-साइकल (‘जाफारी’) समावेश छन्। यी मोडेलहरू सहरी दैनिक प्रयोगदेखि जीवनशैली र वातावरणमैत्री यात्रासम्मका विभिन्न आवश्यकतामा उपयुक्त हुने गरी डिजाइन गरिएको छ ।
‘सेग्वे ई १५० एमके२’ मा ७५०० वाट मोटर र दुईवटा १९४४ वाट–घण्टा ब्याट्री रहेको छ, जसले अधिकतम ९० कि।मी।रघण्टा गति लिन सक्छ र ७५ देखि १२० कि.मी. सम्म यात्रा गर्न सक्छ।
‘सेग्वे ई१२५ एमके२’ मा ३६०० वाट मोटर र १९४४ वाट-घण्टा ब्याट्री रहेको छ, जसले ७० कि.मी.र घण्टा सम्मको गति लिन सक्छ र ६० देखि १०० कि.मी. सम्मको दायरा दिनेछ ।
‘सेग्वे जाइबर ई-बाइक’ मा ३००० वाट हब मोटर र १४४० वाट-घण्टा लिथियम ब्याट्री रहेको छ। यसले अधिकतम ३२ कि.मी.रघण्टा गति लिन सक्छ र ७७ कि.मी. सम्म चल्न सक्छ ।
यो मोडेल दैनिकी र हल्का साहसिक यात्रु दुवैका लागि उपयुक्त मानिन्छ। ‘सेग्वे जाफारी ई–साइकल’ मा ७५० वाट मोटर, ९३६ वाट-घण्टा ब्याट्री रहेको छ, जसले अधिकतम ३२ कि.मी.र घण्टा गति लिन सक्छ र ५८ कि.मी. सम्म चल्न सक्छ। साथै, यसमा रहेको २५ केजी रियर क्यारियर क्षमता दैनिक प्रयोगकर्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij