Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण

वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण


  • 5.6K
    Shares

    वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण

    काठमाडौं । यही वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ । संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म स्वाब संकलन गरिने संघीय संसद सचिवालयले जनाएको छ ।

    प्रतिनिधिसभाको विशेष अधिवेशन वैशाख २७ गतेलाई बोलाइएको छ । बैठकअघि सांसद, सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न लागिएको हो ।

    सोमबार सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट बच्ने उपायका विषयमा चिकित्सकहरुसंग छलफल गरेका थिए ।

    छलफलमा सहभागी चिकित्सकहरुले संसदमा प्रवेश गर्ने सबैको अनिवार्य कोरोना परीक्षण गर्न सुझाव दिएका थिए । वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशन बोलाइएको हो ।

    प्रकाशित मिति :बैशाख २१ २०७८ मंगलवार - १४:३५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij