Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

राष्ट्रपति र प्रधानमन्त्रीको लागि प्रस्ताव आउँदा ठाडै अस्वीकार गरेको व्यक्ति हुँ, तर पनि खुसी छु : अमिक शेरचन

राष्ट्रपति र प्रधानमन्त्रीको लागि प्रस्ताव आउँदा ठाडै अस्वीकार गरेको व्यक्ति हुँ, तर पनि खुसी छु : अमिक शेरचन


  • 5.3K
    Shares

    राष्ट्रपति र प्रधानमन्त्रीको लागि प्रस्ताव आउँदा ठाडै अस्वीकार गरेको व्यक्ति हुँ, तर पनि खुसी छु : अमिक शेरचन

    पोखरा । गण्डकी प्रदेश प्रमुख पदबाट हटाइएका अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएका छन् ।

    पदबाट बर्खास्त गरिएको भोलिपल्ट मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै शेरचनले प्रदेश प्रमुख पद बाध्यताले स्वीकार गरिएको पद थियो भन्दै त्यसबाट मुक्त गरिदिएकामा राष्ट्रपतिलाई मुरीमुरी धन्यवाद भनेका हुन् ।

    नेकपा माओवादी केन्द्रका नेता शेरचनलाई सरकारको सिफासिमा राष्ट्रपतिले हिजो सोमबार पदबाट हटाएकी हुन्। उनको स्थानमा एमाले नेता सीता पौडेललाई राखिएको छ ।

    ‘पदमुक्त भएकामा अत्यन्तै खुसी छु, त्यसका लागि राष्ट्रपतिज्यूलाई मुरीमुरी धन्यवाद,’ उनले भने, ‘पहिला ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो यो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भई स्वीकारको पद हो यो । अधिकारविहीन खुला जेलबाट पदमुक्त गरिदिनुभएकोमा पुनः धन्यवाद दिन चाहन्छु, राष्ट्रपतिज्यूलाई ।’

    उनले आफू पदका लागि राजनीति गरेको व्यक्ति नभएको उल्लेख गर्दै कुनै बेला राष्ट्रपतिका लागि प्रस्ताव आउँदा पनि अस्वीकार गरेको सुनाए ।

    ‘म पदका लागि राजनीति गरेको व्यक्ति होइन, पूर्वराष्ट्रपति रामवरण यादवपछि मलाई राष्ट्रपतिका लागि आएको प्रस्ताव अस्वीकार गरें, ज्ञानेन्द्र कालमा प्रधानमन्त्रीका लागि प्रस्ताव आउँदा ठाडै अस्वीकार गरें,’ शेरचेनले भने, ‘म निर्मल लामा, मोहनविक्रम सिंहजस्ता शीर्षस्थ नेताहरूसँग निकट रहेर सक्रिय राजनीतिमा जीवन समर्पित गरेको व्यक्ति हुँ, पदका लागि कुनै बार्गेनिङ गरिनँ ।’

    आफू पद जोगाउन अनेक खेल खेल्ने व्यक्ति नभएको उल्लेख गर्दै नेता शेरचनले आफू सधैं मार्क्सवाद र श्रमजीवी वर्गको इमान्दार योद्धा भएको बताए ।

    प्रदेश प्रमुखका रूपमा आफूले १८ महिना २ दिन काम गरेको उल्लेख गर्दै उनले त्यतिन्जेल सहयोग र सम्मान गर्ने सबैप्रति आभार पनि प्रकट गरेका छन् ।

    प्रकाशित मिति :बैशाख २१ २०७८ मंगलवार - १०:५९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij