Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यमा सुधार, पूर्वरानी कोमल शाह आइसियूमा

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यमा सुधार, पूर्वरानी कोमल शाह आइसियूमा


  • 10.4K
    Shares

    पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यमा सुधार, पूर्वरानी कोमल शाह आइसियूमा

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार देखिएको छ ।

    नर्भिक अस्पतालमा कोरोना भाइरसको संक्रमण भई उपचाररत उनीहरुको स्वास्थ्यमा सुधार आएको हो । पूर्वरानी कोमल शाह आइसियूमा खतरामुक्त अवस्थामा रहेको अस्पतालले जनाएको छ ।

    स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले नर्भिक अस्पतालमा सम्पर्क गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । अस्पताल स्रोतका अनुसार मन्त्री त्रिपाठीलाई अवस्थाबारे जानकारी गराइएको थियो ।

    पूर्वराजा शाह कोभिड वार्डमा सामान्य अक्सिजन सपोर्टमा राखिएका छन् । पूर्वरानी कोमल आइसियूमा राखिएकी छिन् ।

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १६:१८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij