Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

राष्ट्रपतिले विशेष अधिवेशन आह्वान गरेसँगै संसद सचिवालयले बोलायो सांसदहरुलाई

राष्ट्रपतिले विशेष अधिवेशन आह्वान गरेसँगै संसद सचिवालयले बोलायो सांसदहरुलाई


  • 5.4K
    Shares

    राष्ट्रपतिले विशेष अधिवेशन आह्वान गरेसँगै संसद सचिवालयले बोलायो सांसदहरुलाई

    काठमाडौं । संघीय संसद् सचिवालयले यही वैशाख २७ गते सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई अनुरोध गरेको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानअनुरुप आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकोले सोही प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेका गरिसकेकी छन्।

    प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकाले अधिवेशन आह्वान गरिएको हो।

    प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नसक्ने संवैधानिक व्यवस्था छ।

    राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वान भएकाले उक्त मिति, समय र स्थानमा प्रतिनिधिसभा सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको संघीय संसद् सचिवालयद्वारा सोमवार जारी सूचनामा उल्लेख छ।

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १५:४३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij