२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहिबार तथा नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन शेयर बजार नेप्सेमा उछाल आएको छ ।
आज शेयर बजार भारी अंकको वृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ७५.८४ अंकले बढेर २,८७० को विन्दुमा कायम भएको छ । आज २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९ कम्पनीको घटेको छ ।
आज दिनभरिमा ३११ कम्पनीको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ५९ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ८४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने बुटवल पावरको ६० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सबै सुचकमा हरियालि छाएको छ । यसदिन अन्य समुह सर्वाधिक ५.३७ प्रतिशतले बढेको छ भने लगानी समुह ३.३३, जीवन बीमा ३.१९, जलविद्युत ३.१५ र उत्पादन तथा प्रशोधन समुह २.९३ प्रतिशतले बढेको छे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij