Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

लुम्बिनीमा एमाले सांसद नारायण पाण्डेले दिए राजीनामा

लुम्बिनीमा एमाले सांसद नारायण पाण्डेले दिए राजीनामा


  • 8.4K
    Shares

    लुम्बिनीमा एमाले सांसद नारायण पाण्डेले दिए राजीनामा

    बुटवल । लुम्बिनी प्रदेश सभाका नेकपा (एमाले) सांसद दुर्ग नारायण पाण्डेले पदबाट राजीनामा दिएका छन् । कपिलवस्तु २ (१) बाट निर्वाचित पाण्डेले आइतबार पछिल्लो राजनीतिक अवस्थालाई ख्याल गर्दै आजकै मितिबाट लागू हुनेगरी सभामुखलाई राजीनामा बुझाएका हुन् ।

    ‘प्रस्तुत सम्बन्धमा म नारायण पाण्डे कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ (१) बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएको हुँ । हालको राजनीतिक परिस्थिति नियाल्दै आजकै मितिदेखि लागू हुनेगरी प्रदेशसभा सदस्यबाट राजीनामा पेश गरेको छु’, उनले राजीनामा पत्रमा भनेका छन् । 

    आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री पुनः नियुक्त नहुँदै सांसदले राजीनामा दिएका हुन् । 

    सांसदको राजीनामा छल्न नेपाल कम्युनिस्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् । 

    लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै संविधानको धारा १६८ को उपाधार ९१९ बमोजिम प्रदेश मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरेको जानकारी गराएका हुन् । 

    पोखरेलले आइतबार बिहान संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए । उता विपक्षी दललेसमेत बहुमत सदस्य आफूहरुसँग रहेको दाबीगर्दै प्रस्ताव बुझाएका छन् । 

    नयाँ सरकार बनेको दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाउने संवैधानिक प्रावधानलाई मध्यनजर गर्दै मुख्यमन्त्री पोखरेलले आइतबार राजीना दिएका थिए ।

    राजीनामा लगत्तै आफ्नो पक्षमा बहुमत रहेको जानकारी गराएका पोखरेल पुनःमुख्यमन्त्री बनेका हुन् । अविश्वासको प्रस्तावमाथि मतदान गरेर हटाउने विपक्षीको प्रयासलाई छल्न पोखरेलले यो राजनीतिक खेल खेलेको देखिन्छ । सांसदको राजीनामा आएपछि भने पोखरेलको मुख्यमन्त्री पद पुन धरापमा पर्ने देखिएको छ । 

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - १६:३८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij