Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

२२.३५ अंकले घट्यो नेप्से, कारोबार रकम ८ अर्ब ३७ करोड

२२.३५ अंकले घट्यो नेप्से, कारोबार रकम ८ अर्ब ३७ करोड


  • 10.8K
    Shares

    २२.३५ अंकले  घट्यो नेप्से,  कारोबार रकम ८ अर्ब ३७ करोड
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । 

    आज शेयर बजार नेप्से २२.३५ अंकले घटेर २,६८४ को विन्दुमा कायम भएको छ । आज ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०९ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३११ कम्पनीको १ करोड ९४ लाख १५ हजार ६८८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३७ करोड माथिको शेयर कारोबार भएको छ । 

    आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ८० करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ  भने गार्डियन माइक्रो लाइफको ४१ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    आज होटल तथा टुरिजम र म्युचुअल फण्डबाहेकसबै समुह घटेको छे । यसदिन फाइनान्स समुह सर्वाधिक ३.६९ प्रतिशतले घटेको छ । यस्तै आज विकास बैंक समुह १.३१, व्यापार समुह १.२४ र उत्पादन तथा प्रशोधन १.११ प्रतिशतले घटेको छ ।

    23share.JPG

    प्रकाशित मिति :आषाढ २३ २०८२ सोमवार - १५:३४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij