Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा : पोखरेलकै नेतृत्वमा नयाँ सरकार गठनको निर्णय, एक तीरले दुई निशाना !

लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा : पोखरेलकै नेतृत्वमा नयाँ सरकार गठनको निर्णय, एक तीरले दुई निशाना !


  • 4.3K
    Shares

    लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा : पोखरेलकै नेतृत्वमा नयाँ सरकार गठनको निर्णय, एक तीरले दुई निशाना !

    काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार विहान एकाएक पदबाट राजीनामा दिएका छन् ।

    विपक्षीबाट अविश्वासको घेरामा पर्नुभएका पोखरेलले प्रदेश सभाको विशेष अधिवेशन शुरु हुनुभन्दा केही घण्टा एकाएक राजीनामा घोषणा गरेपछि सबै आश्चर्यमा परे ।

    राजीनामा स्वीकृतसमेत भइसकेका पोखरेलले नै प्रदेश सभाको मौजुदा गणितका आधारमा एकल बहुमतको सरकार गठनका लागि दाबी पेश गर्न राजीनामा दिएको खुलेको छ ।

    यसअघि, २०७४ फागुनमा माओवादी केन्द्रसमेतको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बन्नुभएका उहाँले १६८ को १ अनुसार आफ्नै नेतृत्वमा एकल सरकार बनाउन राजीनामा दिएको खुलेको हो ।

    नेकपाको एकता भंग भई एमाले र माओवादी केन्द्र अलग अलग भएपछि बदलिँदो परिस्थितिमा पोखरेलविरुद्ध नेपाली कांग्रेससहितका विपक्षी दलहरुले वैशाख ६ गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

    सोही प्रस्तावमा छलफलका लागि बोलाइएको विशेष अधिवेशन शुरु हुनै लाग्दा पोखरेलले राजीनामा दिँदै सत्ता समीकरणको नयाँ खेल थाल्नुभएको हो ।

    ८७ सदस्यीय प्रदेश सभामा एमाले एक्लैको ४१ सांसद छन् । माओवादी केन्द्रका दुई र जनता समाजवादी पार्टीका चार सांसद पदमुक्त भएकाले मौजुदा सभामा ८१ सदस्य छन् ।

    एकल बहुमतको सरकार बनाउन पोखरेललाई आफ्नै दलका सांसदले साथ दिए पुग्नेछ । यद्यपि, अविश्वासको प्रस्तावमा मतदान हुँदा माधव नेपाल पक्षका दुई एमाले सांसदले पोखरेलविरुद्ध फ्लोर क्रस गरी मत दिने सम्भावना रहेको बताइएको थियो ।

    तर, पोखरेलले उक्त अवसर नै नदिई आफ्नै नेतृत्वमा एकल बहुमतको सरकार दाबी गर्ने भएकाले जम्मा ३९ मत रहेका विपक्षीको पोखरेललाई विश्वासको मत पुग्न नदिने खेल तूहिने देखिएको छ ।

     

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - १२:०९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij