Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

टन्सिलको समस्याले हैरान हुनुभएको छ भने अपनाउनुहोस् यस्ता घरेलु उपायहरु

टन्सिलको समस्याले हैरान हुनुभएको छ भने अपनाउनुहोस् यस्ता घरेलु उपायहरु


  • 16.9K
    Shares

    • images
    टन्सिलको समस्याले हैरान हुनुभएको छ भने अपनाउनुहोस् यस्ता घरेलु उपायहरु
    images

    टन्सिल हुँदा गलाको दुवैतर्फ मासुमा गाँठो बन्छ । यसले गर्दा गला सुन्निने, बेस्सरी दुख्ने अनि बोल्ने समस्या हुन्छ । अनि खानाको स्वाद पनि आउँदैन । 

    संक्रमण, ब्याक्टेरिया, गलत खानपान र मौसम परिवर्तनका कारण टन्सिल हुन्छ अनि कब्जियतले पनि टन्सिल गराउँछ । घरेलु उपायले टन्सिल निको पार्न सकिन्छ । 

    टन्सिलका कारण
    आयोडिनको कमी
    मौसम परिवर्तन
    चिसो खानेकुरा
    गलत खानपान
    संक्रमण वा ब्याक्टेरिया
    धूलोधूवाँ
    अमिलो खानेकुरा

    टन्सिलको लक्षण 
    शरीरको उच्च तापक्रम
    सुक्खा खकार
    ज्वरो आएर जिउ काँप्ने
    सास गनाउने
    गलाको भित्री भाग रातो हुने
    आवाज भारी हुने 
    खाना निल्न गाह्रो हुने

    घरेलु उपचार

    मरिच
    मरिच र तुलसीका पातलाई उमालेर गाढा काढा बनाउनुस् । राति सुत्नुअघि दूधमा यो काढा हालेर पिउनुस् । 

    मह र दालचिनी
    एन्टीब्याक्टेरियल गुणले भरपूर दालचिनीको धूलो र मह मिसाएर दिनमा तीनचोटि खानुस् । त्यसो गर्दा गलाको टन्सिल हट्छ । 

    बेसार
    बेसार, बीरेनून र मरिच पानीमा हालेर उमाल्नुस् । त्यसपछि त्यो पानीले दिनमा दुईचोटि गला सफा गर्नुस् । 

    हर्बल चिया
    ग्रीन टीमा ल्वाङ, अलैंची र दालचिनी मिसाएर पिउँदा गलामा जमेको ब्याक्टेरिया र कीटाणु बिस्तारै मर्छन् अनि समस्या हट्छ । यसको साटो अदुवा र मह हालेको चिया पिउन पनि सक्नुहुन्छ । 

    यी चीज बार्नुस्
    टन्सिलको समस्या हुँदा अमिलो, पीरो र चिसो कुरा खानुहुँदैन । यस्ता कुरा खाँदा समस्या झन् बढ्छ । अनि भोजनमा तेल मसला धेर नहाल्नुस् । 

    भुइँकटहर, केरा, सुन्तला, आरुबखडा, खरबुजा, मेवा र स्याउ जस्ता फल नखानुस् । भोजन गरेपछि सधैं दुईतीनवटा तुलसीका पातलाई सफा गरेर चपाउनुस् ।
    एजेन्सी

    प्रकाशित मिति :बैशाख १८ २०७८ शनिवार - १२:०२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij