Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आईपिएलमा पञ्जाव किङ्ग्सको सानदार जित,आज मुम्बई र चेन्नई भिड्दै

आईपिएलमा पञ्जाव किङ्ग्सको सानदार जित,आज मुम्बई र चेन्नई भिड्दै


  • 5.7K
    Shares

    आईपिएलमा पञ्जाव किङ्ग्सको सानदार जित,आज मुम्बई र चेन्नई भिड्दै

    इन्डियन प्रिमियर लिग (आईपिएल)मा पञ्जाव किङ्ग्सले सहज जित हासिल गरेको छ । हिजो राती भएको खेलमा  पञ्जाव  बेंग्लोरलाई ३४ रनले पराजित गरेको हो ।

    टस जितेर पहिला फिल्डिङ रोजेको बेंग्लोरले पञ्जावका ब्याट्सम्यानलाई रनको रफ्तारबाट रोक्न भने सकेन । बेंग्लोरका बलरमाथि हावी हुँदै पञ्जावले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १७९ रन बनायो । पञ्जावका लागि कप्तान केएल राहुलले ५७ बलमै ९१ रन बनाए । यस्तै क्रिस गेलले २४ बलमा ४६ हरप्रित ब्रारले २५ रन बनाए ।

    १८० रनको लक्ष्यसहित मैदानमा उत्रिएको बेंग्लोरका ब्याट्सम्यानलाई हरप्रितले सही समयमा निसाना बनाएर रनको रफ्तारमा ब्रेक लगाइदिए । उनले ११ औं ओभरमा चमत्कारपूर्ण प्रदर्शन गर्दै लगातार दुई बलमा दुई खतरनाक ब्याट्सम्यानलाई पवेलियन फर्काए । उनले विराट कोहली र ग्लेन म्याक्सवेललाई लगातार बलमा आउट गरेका हुन् ।

    १३ औं ओभरमा उनले अर्का खतरनाक बलर एबी डेभिलियर्सलाई केएल राहुलको हातमा क्याच गराए । बेंग्लोरका लागि कोहलीले ३५, रजत पाटिदारले ३१ र हर्षल पटेलले ३१ रन बनाए ।पञ्जावका बलरको कसिलो प्रदर्शनका कारण बेंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रनमात्र बनाउन सक्यो ।

    जितसँगै पञ्जावले अंक तालिकामा एक स्थान सुधार गर्दै पाँचौं नम्बरमा पुगेको छ । बेंग्लोर भने तेस्रो स्थानमा कायम छ । सात खेल खेलिसकेको बेंग्लोरको यो दोस्रो पराजय हो भने समान खेलमा पञ्जावको भने यो तेस्रो जित हो ।

    यस्तै आईपिएल अन्तरगर्त आज हुने खेलमा मुम्बई इन्डियंस र चेन्नई सुपर किंग्स भिड्दै छन् । खेल  नेपाली समय अनुसार साझँ ७ः४५ देखी सुरु हुनेछ । 

    प्रकाशित मिति :बैशाख १८ २०७८ शनिवार - १०:४९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij