Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

काँग्रेस सभापति देउवाले आकस्मिक पत्रकार सम्मेलन गर्दै

काँग्रेस सभापति देउवाले आकस्मिक पत्रकार सम्मेलन गर्दै


  • 6.6K
    Shares

    काँग्रेस सभापति देउवाले आकस्मिक पत्रकार सम्मेलन गर्दै

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका सन्दर्भमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।

    सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवासमा बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    उनका अनुसार कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सरकारको भूमिका, निषेधाज्ञापछि नागरिकको जनजीवनमा परिरहेको प्रभाव, पार्टीको भूमिका सन्दर्भमा धारणा राख्ने छन् । उनले भने, ‘आजको पत्रकार सम्मेलन पार्टी गर्ने होइन । पार्टी सभापति आफैले गर्नु लाग्नुभएको हो ।’ 

    देउवाले पत्रकार सम्मेलन गरेर कोरोना रोकथाम र जनजीविका विषयमा सरकारको ध्यानाकर्षण गराउने प्रयोजनका लागि आकस्मिक पत्रकार सम्मेलन गर्न लागेको बुझिएको छ । सम्मेलन मार्फत देउवाले पार्टीको १४ औं महाधिवेशन, अन्य समसामयिक विषयमा पनि धारणा सार्वजनिक गर्ने बताइएको छ ।

    बिहीबारबाट काठमाडौं उपत्यकासहित एक दर्जन बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । दिनप्रति दिन कोरोना संक्रमित र मृतकको संख्या बढिरहेको छ ।

    प्रकाशित मिति :बैशाख १७ २०७८ शुक्रवार - १२:४५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij