२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । आज साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार सामान्य अंकले घटेको छ ।
आज नेप्से परिसूचक ०.२२ अंकले घटेर २,६०० को विन्दुमा कायम भएको छ । आज १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१६ कम्पनीको १ करोड ३८ लाख १८ हजार ५५९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij