Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

सांसद पद खोसिएका ४ मन्त्री कानुनी उपचारका लागि सर्वोच्च अदालत जाँदै

सांसद पद खोसिएका ४ मन्त्री कानुनी उपचारका लागि सर्वोच्च अदालत जाँदै


  • 4.7K
    Shares

    सांसद पद खोसिएका ४ मन्त्री कानुनी उपचारका लागि सर्वोच्च अदालत जाँदै

    बुटवल । लुम्बिनी प्रदेश सभामा सांसद पद खोसिएका जनता समाजवादी पार्टी (जसपा)का ४ जना मन्त्री सर्वोच्च अदालतमा जान भएका छन् ।

    उनीहरुले आफूलाई पार्टीको आधिकारिक निर्णयबिना नै सांसद पदबाट हटाइएको भन्दै असन्तुष्टि जाहेर गरेका हुन् । पदमुक्त गर्ने प्रदेश सभा सचिवालयको उक्त निर्णयविरुद्ध आज (शुक्रबार) नै सर्वोच्च अदालत जाने बताइएको छ ।

    बिहीबार प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै उनीहरुप्रदेश सभामा सदस्य नरहेको जानकारी गरेको थियो । जसमा जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (५) बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्य दुवैबाट निष्काशन गरेको व्यहोराको पत्र सचिवालयमा दर्ता भएको र सोहीअनुरूप निज ४ जनालाई पदमुक्त गरिएको उल्लेख छ ।

    तर जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुरले सोही दिन लुम्बिनी प्रदेशका कुनै पनि प्रदेश सभा सदस्यलाई पार्टीले कारबाही नगरेको व्यहोराको पत्र प्रदेश सभा सचिवालयलाई पठाएका थिए । त्यसपछि नै विवाद बढेको बताइन्छ ।

    यसअघि वैशाख ६ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्ववास प्रस्ताव दर्ता भएको एक घण्टापछि नै जसपा काविजयकुमार यादव, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई मन्त्रीमा नियुक्त गरिएको थियो । रोचक कुरा के छ भने मन्त्री बनाइएका ती चारै जनाले मुख्यमन्त्री पोखरेलविरूद्धको अविश्वास प्रस्तावमा समेत हस्ताक्षर गरेका थिए ।

    प्रकाशित मिति :बैशाख १७ २०७८ शुक्रवार - ११:५१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij