Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

कोरोना महामारीविरुद्ध जुध्न सरकारले सञ्चालन गरेको अभियान पर्याप्त छैन : विप्लव

कोरोना महामारीविरुद्ध जुध्न सरकारले सञ्चालन गरेको अभियान पर्याप्त छैन : विप्लव


  • 6.3K
    Shares

    कोरोना महामारीविरुद्ध जुध्न सरकारले सञ्चालन गरेको अभियान पर्याप्त छैन : विप्लव

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कोरोना महामारीसँग जुध्न सामाजिक परिचालन अभियानका रूपमा सरकारले स्वयंसेवकहरू परिचालन गर्नुपर्ने बताएका छन् ।

    सामाजिक अभियान सञ्चालन गर्ने अवस्थामा सहयोग गर्न तयार रहेको पनि उनले बताएका छन् ।  विप्लवले कोरोना महामारी नियन्त्रणमा सहयोग सबैमा अपिलसमेत गरेका छन् ।

    उनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पार्टीका सम्पूर्ण समितिहरू, विभिन्न स्तरका नेता तथा कार्यकर्ताहरू, बुद्धिजीवी, चिकित्सक, स्वास्थ्यकर्मी र जनसमुदायमा समेत सरकारको मात्र भर नपरी कोरोना महामारीसँग जुध्न होसियारीपूर्वक सामाजिकस्तरमा स्वयंसेवकका रूपमा परिचालित हुन र महामारी नियन्त्रणमा सहयोग गर्नुहुन केन्द्रीय समिति अपिल गर्दछ ।’

    कोरोना महामारीविरुद्ध जुध्न सरकारले सञ्चालन गरेको अभियान पर्याप्त नभएको पनि उनको ठहर छ । उनले विज्ञप्तिमा भनेका छन्, ‘समस्या समाधान गर्न सरकारले मुख्यतः भारतलगायत विदेशबाट नेपाल प्रवेश गर्ने आप्रवासीहरू नियन्त्रण गर्ने, आएकाहरूलाई एकान्तवासमा राख्ने व्यवस्था गर्ने र बिरामी परेका सबैको उपचार गर्ने विषयमा ध्यान दिनु आवश्यक हुन्छ ।’

     

    प्रकाशित मिति :बैशाख १६ २०७८ बिहिवार - २०:५२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij