२०८२ माघ १३ गते मंगलवार
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन् ।
उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकरी दिए । मुख्यमन्त्री गुरुङ निकट स्रोतका अनुसार नवनियुक्त मन्त्री गुरुङको बिहीबारै सपथ राखिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij