Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

अस्पतालबाट सांसद शाहीको विज्ञप्ति–‘म अहिले उपचाररत छु, स्वस्थ्य भएपछि सबै प्रश्नको जवाफ स्पष्ट पार्नेछु’

अस्पतालबाट सांसद शाहीको विज्ञप्ति–‘म अहिले उपचाररत छु, स्वस्थ्य भएपछि सबै प्रश्नको जवाफ स्पष्ट पार्नेछु’


  • 8.7K
    Shares

    अस्पतालबाट सांसद शाहीको विज्ञप्ति–‘म अहिले उपचाररत छु, स्वस्थ्य भएपछि सबै प्रश्नको जवाफ स्पष्ट पार्नेछु’

    काठमाडौं । कोभिड भएको भन्दै पोखराको चरक अस्पतालको आईसीयूमा रहेका राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद खिमविक्रम शाहीले आफू पार्टी र संसदीय दलको निर्णयमा प्रतिबद्ध रहेको बताएका छन् ।

    अस्पतालबाटै विज्ञप्ति जारी गर्दै सांसद शाहीले अकस्मात स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएको जनाएका छन् । साथै स्वास्थ्यमा सुधार हुँदै गएकाले पूर्ण रुपमा निको भएपछि आफूप्रति उठेका प्रश्नबारे स्पष्ट पार्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    बुधबार प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तयारी भइरहँदा प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएका थिए । उनी सम्पर्कविहीन भएपछि राजमोकी सचेतक पियारी थापाले शाहीको अवस्था सार्वजनिक नहुँदासम्म संसद् बैठक रोक्न माग गरेकी थिइन् ।

    अविश्वास प्रस्तावमाथि टुंगो लाग्ने भनिए पनि शाही सम्पर्कविहीन भएपछि बुधबारको संसद् बैठक सभामुखले स्थगित गरेका थिए ।

    अस्पतालमा भेटिएका शाहीले स्वकीय सचिवमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराए । प्रदेशसभाले गरेको परीक्षणमा नेगेटिभ पाइए पनि उनी एक निजी ल्याबको अर्को रिपोर्ट देखाउँदै आफूलाई पोजेटिभ भएको भन्दै चरक अस्पतालको आईसीयूमा भर्ना भएको पाइएका थिए ।

    आफू सदनमा जाने तयारी गरिरहे पनि अकस्मात स्वास्थ्यमा समस्या देखिएपछि भाइसको सहयोगमा अस्पताल पुगेको जानकारी गराएका छन् । शुक्रबार अस्पतालबाट वक्तव्य जारी गर्दै राष्ट्रिय जनमोर्चाका सांसद शाहीले भनेका छन्, ‘म अहिले उपचाररत छु, हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महशुस गरेको छु ।’

    आफ्नो विषयमा भ्रमक प्रचार भएको समेत उनले बताएका छन् । पार्टी र संसदीय दलबाट भएको निर्णयमा आफ्नो पनि सहभागिता रहेको भन्दै उनले भनेका अघि भनेका छन्, ‘ती निर्णयहरुप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णयप्रति प्रतिवद्धता कायमै छ ।’

    राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वास प्रस्तावको समर्थन गर्ने निर्णय गरेको छ । शाही सम्पर्कविहीन भएपछि अन्य दल उनीप्रति आक्रोशित भएका छन् ।

    Khim-Bikram-shahi-1.jpg

    प्रकाशित मिति :बैशाख १६ २०७८ बिहिवार - १६:२४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij