Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

पृथ्वी सुब्बा गुरुङले दिपक मनाङेलाइ मन्त्री बनाउने भएपछि ..

पृथ्वी सुब्बा गुरुङले दिपक मनाङेलाइ मन्त्री बनाउने भएपछि ..


  • 5.9K
    Shares

    पृथ्वी सुब्बा गुरुङले दिपक मनाङेलाइ मन्त्री बनाउने भएपछि ..

    गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दिपक मनाङे मन्त्री बन्ने भएका छन् । उनलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्री बनाउने आश्वासन दिएका हुन् ।

    मन्त्री बन्ने आश्वासन पाएपछि गुरुङले मुख्यमन्त्री पृथ्वी सुब्बाविरुद्धको अविश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने तय गरेको बुझिएको छ । उनी यसअघि अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने टुंगोमा पुगेका थिए ।

    गुरुङको मत निर्णायक हुने भएपछि काठमाडौंबाट पनि शिर्ष नेताहरुले विभिन्न आश्वासनसहित फोन गरेका थिए । अन्तमा गुरुङ प्रधानमन्त्री ओली निकट पृथ्वी सुब्बा गुरुङबाट कन्भिन्स भएका थिए ।

    मनाङे मुख्यमन्त्री गुरुङको पद जोगिएमा मन्त्री बन्ने पक्कापक्की भएको छ । अहिले उनी पनि मुख्यमन्त्री गुरुङको पक्षमा माहोल बनाउन सक्रिय भएका छन् ।

    स्रोतका अनुसार स्वतन्त्र सांसद दीपक मनाङे युवा तथा खेलकुद मन्त्री बन्दैछन् । सामाजिक विकास मन्त्रालयबाट फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको हो ।

    प्रकाशित मिति :बैशाख १६ २०७८ बिहिवार - १५:५७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij