Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गर्न आज वीर अस्पताल भर्ना हुँदै

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गर्न आज वीर अस्पताल भर्ना हुँदै


  • 8.7K
    Shares

    पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गर्न आज वीर अस्पताल भर्ना हुँदै

    काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई शल्यक्रिया (अपरेसन)का लागि आज अस्पताल भर्ना हुँदैछन्।

    जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। भट्टराई न्युरो–इन्डोक्राइनको ट्युमर शल्यक्रिया गराउन काठमाडौंस्थित वीर अस्पताल भर्ना हुने भएका हुन्।

    डा. भट्टराईको सचिवालयका अनुसार डा। सुबोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गर्ने भएको हो। शल्यक्रिया भोलि शुक्रबार हुनेछ।

    यसअघि डाक्टर भट्टराई ट्युमरमा क्यान्सर भएको शंकाले भारत गएका थिए। तर त्यहाँको अस्पतालले परीक्षण गरी क्यान्सर नभएको पुष्टि गरेको थियो। ट्युमर भने चाँडै फाल्नुपर्ने सुझाव चिकित्सकले दिएका थिए।

    सोहीअनुसार डा. भट्टराईले देशकै सरकारी अस्पताल वीर अस्पतालमा त्यसको शल्यक्रिया गराउन लागेका हुन्।

    प्रकाशित मिति :बैशाख १६ २०७८ बिहिवार - १३:४०:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij