Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

स्वास्थ्य मापदण्ड अपनाउँदै उपनिर्वाचन हुन्छ : प्रमुख निर्वाचन आयुक्त

स्वास्थ्य मापदण्ड अपनाउँदै उपनिर्वाचन हुन्छ : प्रमुख निर्वाचन आयुक्त


  • 5.7K
    Shares

    स्वास्थ्य मापदण्ड अपनाउँदै उपनिर्वाचन हुन्छ : प्रमुख निर्वाचन आयुक्त

    काठमाडौं । निर्वाचन आयोगले जेठ ६ गतेका लागि तय भएको राष्ट्रिय सभा उपनिर्वाचनको कार्यतालिका अनुरुप नै तयारी भइरहेको जनाएको छ ।

    उपनिर्वाचनका लागि आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार वैशाख २१ गते मतदाता नामावली प्रकाशन, २१ गते नै दावी विरोधका लागि उजुरी दिने,२४ गते उम्मेदवारी मनोनयन गर्ने लगायतका कार्यक्रम छन् ।

    तर, काठमाडौं उपत्यकामा कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि २२ गतेसम्म जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ । मन्त्रिपरिषद्ले १५ दिनसम्म निषेधाज्ञा लगाउन पाउने अख्तियारी जिल्ला प्रशासनलाई दिएको छ ।

    तथापी, राष्ट्रिय सभामा रिक्त पदको उपनिर्वाचन ३५ दिनभित्र गर्नुपर्ने व्यवस्थाका कारण तोकिएकै मितिमा निर्वाचन गर्ने तयारी गरिरहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

    'रिक्त भएको ३५ दिनभित्र निर्वाचन सम्पन्न गर्नैपर्ने ऐनको व्यवस्था छ । सोही अनुसार मिति तोक्नका निम्ति सरकारलाई आयोगले परामर्श दिएको र मिति तोकिएका हुनाले कानुनी रुपमा निर्वाचन सार्न सक्ने अवस्था छैन,' थपलिया भन्छन्, 'पूर्ण सतर्कताका साथ स्वास्थ्य मापदण्डको पालना गर्दै निर्वाचन सोही मितिमा सम्पन्न गर्नेगरी आयोगले आवश्यक तयारी गरिरहेको छ । त्यही कुरा सबैलाई अनुरोध पनि गरिएको छ ।'

    आयोगले हाल निर्वाचनको आचारसंहिता तयार गरिरेहेको उनले बताए । गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल नेकपा एमाले प्रवेश गरेपछि नेकपा माओवादी केन्द्रले कारबाही गर्दा राष्ट्रिय सभा सांसद पद रिक्त भएको थियो । बादल वैशाख ५ गते सांसदबाट पदमुक्त भएका थिए ।

    वाग्मती प्रदेशमा हुने उक्त निर्वाचनका लागि प्रदेशका ११० र स्थानीय तहका प्रमुख-उपप्रमुख गरी २३८ गरी कूल ३४८ मतदाता छन् ।

    प्रकाशित मिति :बैशाख १६ २०७८ बिहिवार - १३:२९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij