२०८२ माघ १३ गते मंगलवार
मकवानपुर । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले ३ जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका छन् ।
प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा केशवराज पाण्डे, उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा सिन्धुपाल्चोकका सुरेश नेपाल र सामाजिक विकासमन्त्रीमा दोलखाकी सरस्वती बस्नेतलाई नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडाले जनाएको छ ।
त्यस्तै सामाजिक विकास राज्यमन्त्रीमा धादिङका डा.रामकुमार अधिकारीलाई नियुक्त गरिएको छ । वागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले सपथ ग्रहण गरेका छन् ।
नवनियुक्त उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, सामाजिक विकास मन्त्री सरस्वती वस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री केशव पाण्डे, सामाजिक विकास राज्यमन्त्रीमा डा. रामकुमार अधिकारीले पद तथा गोपनीयताको सपथ गरेका हुन् ।
४ महिनापछि रिक्त सोही पदमा मुख्यमन्त्री पौडेलले बुधबार मन्त्रीहरु नियुक्त गरेका हुन् । मुख्यमन्त्री पौडेलले नेकपा एमालेको प्रधानमन्त्री ओली निकट सांसदहरुलाई मात्रै मन्त्री तथा राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij