Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

रणनीति बनाउन खनाल–नेपाल पक्षको बैठक सुरु

रणनीति बनाउन खनाल–नेपाल पक्षको बैठक सुरु


  • 6.4K
    Shares

    रणनीति बनाउन खनाल–नेपाल पक्षको बैठक सुरु

    काठमाडौं । नेकपा एमालेका झलना खनाल–माधव नेपाल समूहको बैठक सुरु भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न उक्त पक्षको बैठक कलंकीस्थित एक पार्टी प्यालेसमा सुरु भएको हो ।

    बैठकमा उक्त समूहका अधिकांश स्थायी कमिटी सदस्यहरुको सहभागिता रहेको छ । बिहीबारदेखि निषेधाज्ञा सुरु भएकाले काठमाडौंमा रहेका स्थायी कमिटी सदस्यहरुको सहभागितामा आजै बैठक बसेको हो ।

    एमालेभित्रको विवाद उत्कर्षमा पुगेपछि उनीहरुले देशभर समानान्तर कमिटी गठन अभियान थालेका छन् । समानान्तर कमिटी गठनदेखि प्रदेशमा फ्लो क्रससम्मका घटना भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन् ।

    नेपाललगायतका नेताहरुलाई ६ महिनाका लागि साधारण सदस्यबाटै निलम्बन गरिएको छ । सांसद पद नै खोस्ने ओलीको चेतावनीपछि उक्त चेतावनीविरुद्ध खनाल–नेपाल समूहका सांसदले सर्वोच्चमा रिट दायर गरेका छन् ।

    प्रकाशित मिति :बैशाख १५ २०७८ बुधवार - १४:५५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij