२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । गण्डकी प्रदेशसभाको बैठक शुरू भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वास प्रस्तावउपर छलफल जारी छ । उक्त छलफल सकिएपछि आजै अविश्वासको प्रस्तावबारे मतदान हुने छ ।
मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा नेपालले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । उक्त प्रस्तावको पक्षमा जनमोर्चाले पनि साथ दिने निर्णय गरिसकेको छ ।
हिजोमात्रै एमाले सांसदहरुले कोरोना संक्रमणको जोखिम बढेको भन्दै पिसिआर परीक्षणको माग गरेका थिए । तीन जना सांसदलाई संक्रमण पुष्टि भएको छ । उनीहरुले पनि आजको मतदानमा भाग लिन पाउनेछन् ।
गण्डकी प्रदेश सभाको जारी विशेष अधिवेशनमा कोरोना संक्रमित प्रदेश सभा सदस्यहरुलाई बस्नको लागि छुट्टै व्यवस्था गरिएको छ।
बैठकको सुरुवातमै सभामुख नेत्रनाथ अधिकारीले कोरोना परीक्षणमा पोजेटिभ रिपोर्ट आएका सांसद्हरुलाई बस्नको लागि विशेष व्यवस्था गरिएको जानकारी दिए।
‘केही माननीय सदस्यहरुको पोजेटिभ रिपोर्ट आएको जानकारी भएको छ। उहाँहरुलाई बस्नको लागि विशेष व्यवस्था गरिएको छ’, उनले भने।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij