२०८२ माघ १३ गते मंगलवार
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ । आगामी वैशाख १९ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले जानकारी दिए ।
प्रतिपक्षी दलहरुले प्रदेश सभा सचिवालयमा बैठक बोलाउन गरिएको प्रस्तावका आधारमा बैठक बोलाइएको हो । १९ गतेको बैठकमा मुख्यत् अविश्वासको प्रस्तावका विषयमा छलफल हुने उनले बताए ।
“बैठकमा मुख्यतया अविश्वासको प्रस्तावमा रहेर छलफल हुनेछ । त्यसका साथसाथै मन्त्रिपरिषद् पुनर्गठन, संसद अधिवेशनको आह्वानको पत्र पढ्ने साथै अविश्वासको प्रस्तावमा पहिलो हस्ताक्षरकर्ताले पत्र पढेर सुनाउने कार्यक्रम रहेको छ ।” उनले भने । “सभामा अविश्वासको प्रस्तावमा मत विभाजन गर्ने र सरकार बचाउने वा राख्ने भन्ने निर्णय गर्नेछ ।”
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितका दलहरुले वैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।]
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij