२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । आज शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । आज शेयर बजार नेप्से परिसूचक १३.६९ अंकले घटेर २६६४ को विन्दुमा कायम भएको छ ।
आज ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ । आजको दिन ३०७ कम्पनीको २ करोड २० लाख ७५ हजार ७६९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९० करोड ७० लाख ५ हजार रूपैयाँको कारोबार भएको छ ।
आज जलविद्युत समुहबाहेक सबै समुह घटेका छन् । बजार घटेपनि बुटवल पावर कम्पनी, पियेर इनर्जी र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij