२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक केशव पाण्डेले बुधबार (आज) अपराह्न ४ बजे सपथको कार्यक्रम रहेको जानकारी दिए ।
नयाँ मन्त्रीमा पाण्डे, सिन्धुपाल्चोकका सरेश नेपाल र काभ्रेका सांसद चन्द्र लामाको सम्भावना बढी रहेको स्रोतको भनाइ छ । मन्त्री कसलाई बनाउने भन्ने अधिकार मुख्यमन्त्री पौडेलको भएको प्रमुख सचेतक पाण्डेले बताए ।
‘मन्त्री बनाउने अधिकार मुख्यमन्त्रीको हो । उहाँले नै कसलाई मन्त्री बनाउने ? कुन मन्त्रालय दिने टुङ्गो लगाउनु हुन्छ’ पाण्डेले भने ।
तत्कालीन नेकपाको प्रचण्ड–माधव पक्षका तीन मन्त्रीले राजीनामा दिएपछि खालिरहेको मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी पौडेलले गरेका हुन्।
आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग, पर्यटनमन्त्री अरुण नेपालले पुस १० गते सामूहिक राजीनामा दिएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij