२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक २३.१९ अंकले बढेर २६५३.०९ को विन्दुमा बन्द भएको छ ।
आज दिनभरिमा ३२४ कम्पनीको १ करोड ७५ लाख १ हजार ८०२ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६८ करोड माथिको सेयर कारोबार भएको छ ।
राधि विद्युत कम्पनीको सबैभन्दा बढी ६२ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने युनिभर्सल पावर कम्पनीको ५४ करोड ९५ लाख रुपैयाँ र बुटवल पावर कम्पनीको ५१ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij