२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।
एक केन्द्रीय सदस्यसहित, महामन्त्रीको पिएसओ र ड्राइभर र केन्द्रीय कार्यालयका कर्मचारी कोरोना संक्रमण देखिएसँगै बैठक स्थगित गरिएको हो ।
बुधवार आएको रिपोर्टमा कांग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ, महामन्त्री पूर्णबहादुर खड्काका पीएसओ र सवारी चालकसहित केन्द्रीय कार्यालयका केही सदस्यहरुमा कोरोना संक्रमण पुष्टि भएको कांग्रेस निकट स्रोतले जनाएको छ ।
आज बस्ने कैन्द्रीय समिति बैठकलाई लक्षित गरी सबैको कोरोना परीक्षण गरिएको थियो । तर नेता तथा कर्मचारीहरुमा कोरोना संक्रमण देखिएसँगै बैठक नबस्ने निष्कर्षमा पुगेको कांग्रेस निकट स्रोतले जनाएको छ ।
।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij