२०८२ माघ १३ गते मंगलवार
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कोरोना कहरकाबीच बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको तयारी र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने कार्यतालिका निर्धारण गरेको छ । यसअघि वैशाख १३ गते बस्ने भनिएको बैठक पीसीआर परीक्षणका कारण स्थगित भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij