२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । आज साताको अन्तिम कारोबारको दिन बिहिबार नेप्से परिसूचक ५.९९ अंकले घटेर २६४०.९६ को विन्दुमा बन्द भएको छ ।
आजको दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको १ करोड ७१ लाख ८ हजार ८०९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९७ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
राधी विद्युत कम्पनीको सबैभन्दा बढी ९१ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने त्यसपछि युनिभर्सल पावर कम्पनीको ६४ करोड ३७ लाख रुपैयाँ र बुटवल पावर कम्पनीको ४९ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज हाइड्रोपावर समूह मात्रै ४२।३९ अंक वृद्धि भएको छ । लगानी समूह भने झिनो अंकले हरियो बनेको छ । यी बाहेकका अन्य सबै समूहहरु राताम्य बनेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij