Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

एकैदिन सुदूरपश्चिममा थपिए १९७ जना कोरोना संक्रमित

एकैदिन सुदूरपश्चिममा थपिए १९७ जना कोरोना संक्रमित


  • 6.2K
    Shares

    एकैदिन सुदूरपश्चिममा थपिए १९७ जना कोरोना संक्रमित

    कैलाली । सुदूरपश्चिम प्रदेशमा थप १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा १९७ जनामा कोरोना पुष्टी भएको हो ।

    ३७० नमुनाको परीक्षण गर्दा थप १९७ जनामा कोरोना पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । कोरोना पुष्टी हुनेमा अधिकांश कैलालीको धनगढीका रहेको उनको भनाई छ ।


    १७३ नमुनाको भने नेगेटिभ रिपोर्ट आएको श्रेष्ठले बताए । उनका अनुसार अहिले  भेन्टीलेटरमा २, आइसियुमा ११, अक्सिजन सपोर्टका २५ बिरामी उपचाररत रहेका छन् ।

    सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा दुई संक्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कञ्चनपुर बेदकोटका ४८ वर्षीय पुरुष र गौरीगंगा ५ कैलालीका ३५ वर्षीय पुरुष रहेका छन् । 

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - १६:४६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij